मोरङमा साढे पाँच किलोमिटर तटवन्ध निमार्ण

खबर पूर्वाञ्चल, १९ असार २०७८, शनिबार १६:२१

कुुमोद अधिकारी
विराटनगर / जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय विराटनगरले मोरङका विभिन्न खोलाहरुमा साढे पाँच किलोमिटर तटवन्ध निमार्ण गरेको छ ।

वाढिका कारण हुुनसक्ने जोखिम न्युनिकरण तथा कटान नियन्त्रणका लागी चुुरेदेखि नेपाल भारतको सिमानासम्मको तटवन्ध निमार्ण गरिएको सो कार्यालयका प्रमुुख शैलेश पोखरेलले वताए । सिमित साधन श्रोतका वावुुजुुद सो कार्यालयले जोखिम र कटान हुुन सक्ने स्थानमा चालुु आर्थिकवर्षमा साढेपाच किलोमिटर तटवन्ध निमार्ण गरेको जनाएको छ । वर्षेनी खोला गाउँ पस्ने समस्या जनताको माग अनुुसार आवश्यक स्थानमा दिगो तटवन्ध निमार्ण भएको कार्यालयको दावी छ ।

कार्यालयका अनुुसार चिसाङ खोलमा ९ सय मिटर, लोहन्द्रा खोलामा १६ सय मिटर, डासखोलमा ११ सय, मरिया वक्राहा खोलामा ९ सय , वुुढिखोलामा ३ सय, गछिया खोलामा ६ सय तथा सिगिंया खोलामा ३ सय मिटर तारजाली सहितको तटवन्ध निमार्ण भएका छन ।

११ करोडको लागतमा खोलामा तटावन्धको काम सम्पन्न भएको कार्यालय प्रमुुख पोखरेलले वताए । आवश्यकता अनुुसार तटवन्ध निमार्णगर्न कार्यालयलाई ३५ करोड वजेट आवश्यक पर्ने जनाइएको छ । कार्यालयलाई चालुु आर्थीक वर्षमा २८ करोड रकम विनियोजित भएतापनि कोभिड नियन्त्रण, व्यवस्थापन तथा रोकथामका लागी १४ करोड रकम र्फिता पठाउनुुपर्ने अवस्था आएको र वाकि १४ करोड वजेटमा तटवन्ध लगायत पहिरो नियन्त्रणको काम भएका छन् ।

चालुु आर्थीक वर्षमा १० किलोमिटर वढि तटवन्ध निमार्ण गर्नै कार्यालयको लक्ष्य रहेपनि वजेटको अभावमा थप काम गर्न नसकेको कार्यालय प्रमुुख पोखरेललेको भनाई छ । डिपि आरको परिधि भित्र रहेर जोखिमयुुक्त आवश्यक ठाउहरुमा गरिएको तटवन्ध दिगो र लामो समयसम्म टिक्ने कार्यालयले जनाएको छ ।

लेटाङ नगरपालिका–८ का प्रेमवहादुुर खडकाले सो कार्यालयको सहयोगमा जोखिमपुुर्ण स्थानमा तटवन्धको काम भएपछि केहि भएपनि राहत भएको वताए । लेटाङको तेलिया खोलामा तटवन्ध भएपछि नदि कटान तथा भुुक्षय नियन्त्रणमा आएको उनको भनाई छ ।

वर्षेनी खोलामा आउने वाढिले तटिय क्षेत्रका वासिन्दालाई वर्षेनी पिरोल्ने गरेको छ । चारवर्ष अघि वक्राहा खोलामा तटवन्ध निमार्णका लागी साढे ३ अर्वको डिपिआर तयारगरि तत्कालिन अवस्थामा रहेको जल उत्तपन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले सो डिपिआर सिचाई मंत्रालयलाई वुुझाएको थियो । वक्राहा चिसाङ लोहन्द्राजस्ता ठुुलाठुुला खोला नियन्त्रणका लागी खोलाको दायावाया दिगो तटवन्ध आवश्यक रहेको स्थानियको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५