animated ellipse animated ellipse

दोश्रो चरणको राहत नपाएको भन्दै महानगर घेराउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०७७, बुधबार १८:५७
3
Shares
विराटनगर/ विराटनगर महानगरपालिका–१५ का स्थानीयले दोश्रो चरणको राहत नपाएको भन्दै विराटनगर महानगरपालिका घेराउ गरेका छन् ।
उनीहरुले आज दिउँसो दोस्रो चरणको राहत माग गर्दै महानगरपालिका घेराउ गरेका हुन् । पहिलो चरणमा महानगरपालिकाले १० किलो चालम दाल, आलु र तेल वितरण गरेको थियो । तर, काम गर्न पनि नपाएको र थप राहत पनि नपाएको बताउँदै उनीहरु महानगरपालिका आएका घेराउ गरेका छन् ।

पहिलो चरणमा २६ हजार परिवारलाई राहत वितरण गरेको विराटनगर महानगरपालिकाले दोस्रो चरणको राहत वितरणको तयारी गरिरहेको जनाएको छ ।

सरकारको चर्को विरोध गर्दै उनीहरुले बच्चालाई दूध पिलाउन नपाएको, चामल सकिएको र चुल्हो बल्न छोडेको भन्दै सडकमा समेत प्रदर्शन गरेका छन् ।

विराटनगर १५ कि रानुदेवी यादवले आफूले अहिलेसम्म राहत नपाएको बताइन् । उनले महानगर प्रमुख भीम पराजुलीलाई जानकारी गराउँदा पनि राहत नपाएको भन्दै आक्रोश व्यक्त गरिन् । आफूहरु ५८ घर परिवार राहतबाट छुटेको उनको दाबी छ । ‘गोदाममा यति चामल छ उति छ भनेका छन्, त्यो चामल काहाँ गयो ? आफूहरुलाई खाना नपाएर समस्या भयो,’ उनको भनाइ छ ।

विराटनगर १५ कै रामचन्द्र भगतले आफूहरु भोकै परिरहेको भन्दै सरकार विरुद्ध आक्रोश व्यक्त गरे । ‘हामी भोकै बसिरहेका छौं, म सुनिरहेको छु । जनताका लागि यति अरब रुपैयाँ आयो यति अरब रुपैयाँ आयो भनेर, हामी भने रोडमा आएका छौं,’ भगतले भने, ‘प्रधानमन्त्रीले यसो भनेको छ उसो भनेको छ । यस्तो हुन्छ प्रधानमन्त्री ? जनताले के पाएको छ ? हामी किन रोडमा आएका हौं ? केही थाहा छ ? ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर