animated ellipse animated ellipse

अर्जुन बस्नेतद्वारा प्याब्सन कोशी प्रदेशको वरिष्ठ उपाध्यक्ष उम्मेदवारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ माघ २०८१, मंगलवार १६:०३
333
Shares
विराटनगर / माघ २३ बुधबार इटहरीमा हुने निजी तथा आवासीय विद्यालय संगठन कोशी (प्याब्सन) को नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि अर्जुन बस्नेतले उम्मेदवारी दिने भएका छन् ।

सिद्धार्थ सेकेन्डरी स्कूल सुन्दरहरैंचाका संस्थापक प्रिन्सिपल तथा शिक्षासेवी बस्नेत विगत ३३ वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका छन् । विभिन्न सामाजिक संघ–संस्थाहरूमा क्रियाशील रहेका बस्नेत आफू शिक्षा क्षेत्रमा सेवाको भावनाले प्रवेश गरेकाले समाजमा शिक्षाको ज्योति फैलाउने काममा लागिरहने बताउँछन् । शिक्षासँगै समाजसेवामा विशेष चासो राख्ने बस्नेत अबको शिक्षा व्यवहारिक, प्रयोगात्मक र समयसापेक्ष हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनी शिक्षाक्षेत्रमा कसैले अस्वस्थ प्रतिस्पर्धा गर्नु आवश्यक नभएको बताउदै आएका छन् ।

शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बस्नेतले निजी विद्यालयहरूको हकहित, गुणस्तरीय शिक्षा प्रवद्र्धन, शिक्षाको व्यावसायिकता तथा सामाजिक उत्तरदायित्वलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कुशल विद्यालय सञ्चालक तथा प्याब्सनका विभिन्न तहमा रहेर नेतृत्व गरिसकेका बस्नेतले अबको नेतृत्व वरिष्ठ उपाध्यक्षका रूपमा सम्हाल्ने सोचका साथ वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने भएका हुन् ।

बस्नेत प्याब्सन मोरङका अध्यक्ष भई सफल कार्यकाल सम्पन्न गरिसकेका छन् । उत्कृष्ट जिल्ला अध्यक्षको रूपमा प्याब्सन केन्द्रद्वारा सम्मानित भएका उनी अबको नेतृत्वले निजी विद्यालयहरूको गुणस्तर अभिवृद्धि, सरकारी नीतिसँग सहकार्य तथा विद्यार्थीको शिक्षा स्तर सुधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउँछन् ।

बस्नेतले आफ्नो उम्मेदवारी शिक्षा क्षेत्रको सुधार, शिक्षकको हकहित तथा विद्यार्थीको उज्ज्वल भविष्यलाई केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई साथ र समर्थन गर्न आग्रह गरेका छन् ।

उनले प्याब्सन मोरङ उपाध्यक्ष पदमा दुई कार्यकाल, जिल्ला सदस्य पदमा दुई कार्यकाल तथा प्याब्सन कोशी प्रदेश उपाध्यक्ष पदमा सफल कार्यकाल पूरा गरिसकेको अनुभव साझा गरेका छन् । प्याब्सन कोशी प्रदेशमा ४२९ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर