ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगरसहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ आश्विन २०७९, शनिबार १८:५१
180
Shares
विराटनगर / ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ब्यूरोको टोलीले ब्राउन सुगरसहित आज विराटनगर १५ स्थित १ नम्बर ढाटबाट दुई जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी ईटहरी नगरपालिका २ का ३२ वर्षीय लेखनाथ ढुंगाना र बराहक्षेत्र नरपालिका ३ का ३३ वर्षीय अजितकुमार धामी पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

भारतको जोगवनीबाट नेपालतर्फ आउदै गरेको को २४ प ४४५१ नम्बरको स्कुटीमा सवार चालक ढुंगानाको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने पदार्थ ३३.८८ ग्राम फेला पारेको हो । बरामद भएको ब्राउन सुगर, स्कुटि र पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरलाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर