पोखरीमा डुबेर एक जना युवाको मृत्यु

खबर पूर्वाञ्चल, ९ जेष्ठ २०७८, आईतवार १६:१०

कानेपोखरी / मोरङ कानेपोखरी गाउँपालिका – ४ प्रगतिटोलस्थित डाँसखोला नजिक बनाएको पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ ।

पौडी खेल्न क्रममा डुबेर पथरी शनिश्चरे नगपालिका ८ मङ्लबारेका २९ बर्षिय विनोद पाण्डेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

हिजो बेलुका साथीहरूसँग पाण्डे पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय पथरी, शसस्त्र प्रहरी बल शनिश्चरे र रमाइलो प्रहरी चौकीबाट खटिएको प्रहरीले संयुक्त रुपमा खोजि गरेर आज बिहान पाण्डेको शव पोखरीबाट मृत अवस्थमा फेला पारेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए । यस घटनाको विषयमा थप अनुसन्धान पनि भइरहेको उनले जानकारी दिए ।

मृतकको शव पोस्माटम गरिन उर्लाबारीको मदन भण्डारी ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ । अत्याधिक गर्मी बढेपछि डाँसखोला नजिक रहेको पोखरीमा पौडी खेल्न स्थानियको संख्या बढेको छ । गिहोरि रहेको पोखरीमा गर्मी छल्न कानेपोखरी र पथरिशनिश्चेरका बालवालिकादेखि युवाहरु यो पोखरीमा आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५