RUMPUM
animated ellipse animated ellipse

हिसान प्रदेश १ को अध्यक्षमा खडका सचिवमा बाँस्तोला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ चैत्र २०७८, मंगलवार १८:२७
1.47k
Shares
इटहरी /उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल(हिसान) प्रदेश नम्बर १ को प्रथम भेलाले मोरङका ज्ञानबहादुर खड्काको निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित खडका शिक्षादिप कलेजका प्रिन्सिपल हुन् । सुनसरीको इटहरीमा भएको भेलाले वरिष्ठ उपाध्यक्षमा सुनसरीका गणेशकुमार दुलाल सचिवमा विराटनगरको अर्किड कलेजका प्रिन्सिपल दिपेश बाँस्तोला सहसचिवमा विराटनगरका उद्धव भट्टराई र कोषाध्यक्षमा सुनसरीका भुपेन्द्र न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।

प्रेमप्रसाद भट्टराईको अध्यक्षता तथा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालको प्रमुख आतिथ्यमा भएको भेलाले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्य समितिको सदस्यमा झापाका राधेश्याम ढकाल , युवराज दाहाल ,दुर्गा गौतम सुनसरी रामकुमार कालाखेती र अरनिको कलेज विराटनगरका सञ्चालक निलम अधिकारी रहेका छन ।

निर्वाचित अध्यक्ष खडकाले निजि उच्च माध्यमिक विद्यालयहरुको हकहितमा लाग्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर