प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५० पुग्यो

खबर पूर्वाञ्चल, ९ जेष्ठ २०७८, आईतवार १९:२३

विराटनगर / पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृतकको संख्या ७५० पुगेको छ ।

मृत्यु भएका १४ मध्ये १० पुरुष र ४ महिला रहेको प्रदेश १ सामाजिक विकाश मन्त्रालयले जनाएको छ । सवै भन्दा बढी झापामा ७ जना रहेका छन् भने सुनसरीमा ३ रहेका छन् । त्यस्तै मोरङ र इलाममा १–१ जना तथा प्रदेश १ बाहिरको २ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५