animated ellipse animated ellipse

एमालेले विराटनगरमा मेयरमा थापा र उपमेयरमा कार्कीलाई बनायो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७९, सोमबार ०७:३९
4.82k
Shares
विराटनगर / नेकपा एमालेले विराटनगर महानगरपालिको मेयरमा सागर थापा र उप मेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार थापालाई उम्मेदवार बनाएको हो । थापा महानगर कमिटी अध्यक्ष हन भने कार्की अनेमसंघ महानगर अध्यक्ष हुन् । एमालेले हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई टिकट दिएको हो ।

विराटनगरको मेयरमा थापाँगै, रामलाल साह, बाबुराम कार्की, पर्शुराम बस्नेत र महेश भट्टराई र उपमेयरमा कार्की, विमला दाहाल घिमिरे र अञ्जु उपाध्याय –शिवा) को नाम महानगर, जिल्ला कमिटीले सिफारिस गरेको थियो । प्रदेश कमिटीले जिल्लाको नामसँगै केन्द्रीय सदस्य जीवन घिमिरेको नाम मेयरमा रायका रुपमा केन्द्रीय कमिटीलाई पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर