animated ellipse animated ellipse

मोरङकी राजवंशीको कप्तानीमा नेपाली महिला कब्बडी टिम घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०८०, शनिबार १९:३७
495
Shares
विराटनगर / मोरङ जिल्ला जहदा गाउँपालिकाको वडा ३ का मेनुका राजवंशी नेपाली राष्ट्रिय कब्बडी टिमका कप्तानीमा चीन पठाउन लागिएको छ ।

चिनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट सम्पन्न भएको छ । नेपाली राष्ट्रिय कब्बडी टोलीलाई राजवंशीको कप्तानीमा चिन पठाउन लागिएको हो । राजवंशी यस अघि तीन पटक कब्बडीमा नेसनल च्याम्पियन रहेकी छिन् । १२औं र १३औं साग खेलमा देशलाई क्रमश गोल्डर रजत मेडल दिलाउन सफल भएकी राजवंशी यस पटक कपतानको रुपमा कब्बडी टोलीको नेतृत्वमा गर्न पाएकी छिन्।

यस्तै राष्ट्रिय खेलकुद परिषद्ले मानमति विष्ट , अनुजाकुलुङ राई , नितु गुरुङ , रविना चौधरी , सुनिता थापा , सिर्जनाकुमारीथारु , जयन्ती बडु , अर्पणा चौधरी , गंगा चौधरी , इशा राई र कलाव पन्त लगायतको नाम सार्वजनिक गरिएको हो ।

उक्त खेल प्रशिक्षक पार्वती राई र विष्णु दत्त भट्ट , खेलको पूर्व तयारीका लागि टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने छन् । त्यस अवधिमा टोलीले ७ खेल पनि खेल्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर