खबर पूर्वाञ्चल
स्कुल परिसरमा आज निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ४ सय ५० भन्दा बढी विद्यार्थीहरुले स्वास्थ्य जाँच गरिएको स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । विराट मेडिकल कलेजबाट आएका विशेषज्ञ चिकित्सकहरुले पूर्वाञ्चल विद्या सदनमा अध्ययरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
विरामीहरुको स्वास्थ्य परीक्षण मेडिसिन विभागका डक्टर फुलगेन नायक, आँखा विभाग डक्टर रेश्मा बराल , डा सुनदा भारती रञ्जना पण्डित, बाल रोग विशेषज्ञ डाक्टर अनिल रेग्मी, दन्तरोग विशेषज्ञ डक्टर मेघा खत्री क्षेत्री, नर्सिङ विभागकी सरस्वती थापा मगर र हरि मेहताले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य परीक्षण गरिएका विरामीको थप उपचार गर्नुपरे विराट मेडिकल कलेजमा सौलियतमा उपचार हुने बताइएको छ ।
स्वास्थ्य शिविरमा मेडिकल कलेजबाट आएका अस्पताल प्रतिनिधि कामेश्वर पण्डित र जिनेन्द्र कुमार मेहताको पनि उपस्थिती रहेको थियो ।