RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ३३ सहित प्रदेश १ मा थपिए १ सय २ संक्रमित , संक्रमितको संख्या २६ सय नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०७७, शनिबार १६:३९
1.31k
Shares
विराटनगर / विराटनगरमा ३३ सहित प्रदेश १ मा आज १ सय २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ८९ पुगेको छ ।

विराटनगरमा ३३ सहित मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन् ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको दमकका ३ महिला १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर