AArya
animated ellipse animated ellipse

कोशी प्रदेशमा लाग्ने हरेक एक्सपोमा पुग्छिन पाँचथरकी लावती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ पुष २०८०, आईतवार १४:२८
828
Shares
पुष्पराज थपलिया
विराटनगर / पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावती कोशी प्रदेशमा लागेका हरेक महत्सव तथा एक्सपो किवीबाट बनेको परिकार लिएर पुग्ने गर्छिन् ।

लावतीले आफै उत्पादन गरेको किवीबाट बनेको सामाग्रि लिएर कोशी प्रदेशमा लागेका हरेक महत्सव तथा एक्सपोमा पर्दशन गर्न पुग्ने गरेकी हुन् । उनी अहिले विराटनगरमा जारी मोरङ व्यापार संघ एक्सपोमा दुईवटा स्टोरमा पर्दशनीमा राखेकी छिन् । लावतीलाई श्रीमान बालिन्द्रकुमार राईले समेत साथ दिएर एकसपोमा पुग्ने गर्दछन् । उलने हरेक एक्सपोबाट १ देखि १ लाख ५० हजार आम्दानी हुने बताएन् । एक्पोको आम्दानीले उनले ८ जनाको परिवार पाल्ने गरेको सुनाइन् ।

लावतीले वर्षमा कोशी प्रदेमा लाग्ने ६–८ वटा महत्सवमा सहभागि हुने गरेकी बताइन् । थाहापाए जति सवैमा जाने गरेको बताइन् । लावतीको सनम फलफुल प्रशोधन उधोगले उत्पादन गरेको किवीबाट बनेको तिनपाने, माखनवेद, जुस, अचार एक्सपोमा पर्दशनमा राखेकी छिन् । उनले किवी फल उत्पादन गर्ने सिंचाइको लागि जमाइएको पानीमा माछा खेती गर्ने गरेको लावतीले बताइन् । साथमा चिया खेती समेत गर्ने गरेको सुनाइन् । लावतीलाई उद्योग बाणिज्य संघ पाँचथर र उद्योग महासंघ कोशी प्रदेशले सहयोग गरेको बताई ।
लावतीलाई सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले प्रदेश स्तरीय उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा नगद ५० हजार रुपैंयासहित सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर