AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षक आन्दोलनबाट फर्किएका शिक्षक सबार यात्रुबाहक बस माइधारमा दुर्घटना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ बैशाख २०८२, शनिबार ०७:३२
504
Shares
झापा / काठमाण्डौमा जारी शिक्षक आन्दोलनमा सहभागिता जनाएर फर्किएका शिक्षक सबार प्र. १ -०१-००१ ख ४२३५ न को यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

काठमाण्डौबाट झापाको काकडभिट्टा जाँदै गर्दा झापाको दुधे माइधार सडक खण्डको मिलन चोकमा आज विहान ४:४० बजे उक्त बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु बसमा रहेको झापा प्रहरीले जनएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय झिलझिलेको सुरक्षाकर्मीको टोलि घटनास्थलमा पुगेको र घाइते हरुको उद्वार गरि अस्पताल लगिएको इप्रका झिलझिलेले जनाएको छ ।

बसमा सबार यात्रु हरुलाइ समान्य चोटपटक लागेको तथा दुर्घटनामा घाइतेहरुको विर्तामोड स्थित बीएण्डसी र विर्तासिटी हस्पिटलमा उपचार भईरहेको तथा सबै घाइतेहरु हाल खतरामुक्त रहेको प्रहरीले जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर