पूर्वाञ्चल खबर
आज विराटनगरमा सम्पन्न पहिलो अधिवेशनबाट अध्यक्षमा थापा चयन भएका हुन् । सचिवमा भने रोहित कोइराला चयन भएका छन् ।
महानगर समितिमा सर्वसम्मत रुपमा उपाध्यक्षमा शिल्पा निरौला कार्की, सह–सचिवमा नवराज नेपाल र जयप्रकाश महतोलाई चयन गर्ने सहमति भएको युवा नेता पर्शुराम बस्नेतले जानकारी दिए । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने पक्षमा हामी सबै एकमत भएका हौं, बस्नेतले भने, नयाँ जोससहितको टिम बनाएर महानगरलाई चलायमान बनाउन सबै लाग्छौं ।
पदाधिकारी सर्वसम्मत चयन गरेको एमालेले वडाबाट महानगरमा निर्वाचित हुने सदस्यहरुको अन्तिम टुङ्गो लगाउने काम गरिरहेको छ ।