पत्रकार नेपालसहित दुईजना पुरस्कृत

खबर पूर्वाञ्चल, १९ फाल्गुन २०७७, बुधबार १८:५८

झापा / जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापाले पत्रकार हरिहर नेपालसहित दुईजनालाई पुरस्कृत गरेको छ ।

झापाको बुट्टाबारीमा आज आयोजित कार्यक्रममा मकालु टेलिभिजनका सहायक सम्पादकसमेत रहेका हरिहर नेपाललाई प्रतिष्ठानले ११ हजार १ सय ११ रुपैयाँ नगद राशिसहितको पत्रकारिता पुरस्कार समर्पण गरेको हो ।

डेढ दशकदेखि पत्रकारितामा सक्रिय नेपाललाई प्राज्ञ विवश पोखरेल, कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी प्रमुख संरक्षक शोभा लामा बल, वरिष्ठ कलाकार माया पौडेल आशावादी, प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’लगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरे ।

त्यसैगरी सोही अवसरमा इटहरीकी साहित्यकार रीता ताम्राकारलाई पनि प्रतिष्ठानले साहित्यिक पुरस्कार प्रदान गरेको छ । ताम्राकारलाई पनि नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो । प्रतिष्ठानले हरेक वर्ष पत्रकारिता र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान र पुरस्कार समर्पण गर्दै आएको छ । कार्यक्रममा ज्येष्ठ नागरिक र समाजसेवीलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५