animated ellipse animated ellipse

थप तीन जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २४९ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ जेष्ठ २०७७, बिहीबार २०:४३
3
Shares
काठमाण्डौं /नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौं , धनुषा र धादिङका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर