प्रदेश १ मा ३१३ जनामा संक्रमण देखियो, २४७ जना निको भए

खबर पूर्वाञ्चल, ३ आश्विन २०७८, आईतवार १८:०७

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इलाममा ८, धनकुटा र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा २७, कनकाईमा १९, विर्तामोडमा १७, मेचीनगरमा १०, अर्जुनधारामा ८, शिवसताक्षीमा ६, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकामा ३–३, गौरादह र कमल गाउँपालिकामा २–२, बाहृदशीमा १, मोरङको विराटनगरमा ७१, केराबारीमा ८, पथरीशनिश्चरेमा ६, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बेलबारी, बुढीगंगा र लेटाङमा २–२, रतुवामाईमा १ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा ६५, बराहक्षेत्रमा ४, रामधुनीमा २, गढी र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा ६, देउमाई र सुर्योदयमा १–१, धनकुटाको चौवीसेमा २, महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११२ महिला र १३५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५