AArya
RUMPUM
animated ellipse animated ellipse

लोडसेडिङ हटाउन उद्योग वाणिज्य महासंघको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०७८, मंगलवार १९:५९
162
Shares
विराटनगर/ अघोषित रूपमा भइरहेको लोडसेडिङ हटाउन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले माग गरेको छ ।

बैंकिङ तरलता, कर्जाको व्याज दरमा वृद्धि, बैंकबाट ऋण प्रवाह नहुनु जस्ता कारणबाट संकटमा परिरहेको उद्योग व्यवसाय क्षेत्रमा अघोषित लोडसेडिङबाट झन् ठूलो बज्रपात भएको भन्दै अघोषित लोटसेटिङ तत्काल हटाउन माग गरेको हो ।

सरकारले विद्युत खपत बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विद्युत प्राधिकरणप्रति विश्वस्त भई सबैजसो ठूला उद्योगहरुले करौडौंको थप लगानी गरेको अवस्थामा लोडसेडिङ हुँदा ठूलो क्षति हुने गरेको संघका अध्यक्ष टिकाराज ढकालले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

महंगो डिजलबाट उद्योग संचालन गर्दा स्वदेशी उद्योगहरुले आयातित वस्तुमा प्रतिस्पर्धा गर्न नसकी उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने भन्दै महासंघले विद्युत प्राधिकरणको घाटालाई न्यूनिकरण गर्ने नाममा उद्योगमाथि नै थप भार पार्ने काम नगर्न माग गरेको छ । स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गर्न नेपाल विद्युत प्राधिकरणबाट उद्योग क्षेत्रमा गरिएको अघोषित लोडसेडिङ तत्काल हटाउनुपर्ने विज्ञप्तिमा माग गरिएको छ ।

रुस र युक्रेनको युद्धसँगै पेट्रोलियम पदार्थमा चर्को मूल्यबृद्धि भइरहँदा कोइलाको अभाब भएको भन्दै भारतीय बजारमा विद्युतको मूल्य बढेसँगै नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद गर्न सकेको छैन । भारतमा कोइलाको प्रयोगबाट विद्युत उत्पादन हुने गरेकोमा कोइलाको मूल्य बढेसँगै विद्युतको मूल्य बढेकोले प्राधिकरणले विद्युत आयात गर्न नसक्दा औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ हुन थालेको उद्योगीहरुले बताएका छन् ।

भारतबाट विद्युत खरिद गरी आपूर्ति गर्न महंगो हुने र प्राधिकरण नोक्सानीमा जाने अवस्था आएको भन्दै प्राधिकरणले विद्युत खरिद नगरेको हो । यसअघि प्रतियुनिट ४ रुपैयाँ भारुमा खरिद गर्दै आएको विद्युतको मूल्य अहिले प्रतियुनिट २५ रुपैयाँ भारु पुगेको प्राधिकरणले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर