animated ellipse animated ellipse

युरेनियम भन्दै विराटनगरमा बेच्ने १५ जना भरिया पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०७९, बुधबार १८:२४
954
Shares
विराटनगर / बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) भन्दै महंगो मुल्यमा बिक्री वितरण गर्न खोज्ने १५ जना भरियालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीले २ केजी यूरेनियम जस्तो देखिने पद्धार्थसहित विराटनगरको छुट्टा छुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको हो । प्रहरीले विराटनगर ९ ट्राफिक चौकमा रहेको ठुल्दाई होटल र विराटनगर ३ दूधफारमबाट विशेष सूचनाको आधारमा झण्डै दुई केजी युरेनियम जस्तो देखिने पद्धार्थसहित १५ जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

प्रहरीले साउन १ गते मोरङ धनपालथान गाउँपालिका ७ का ४१ वर्षिय शिव शंकर पासवान, सोही ठाउँका ३७ वर्षिय मुकेश कुमार साह, ४३ विर्षिय प्रदिप पुरी, कटहरी गाउँपालिका २ का ४० वर्षिय दिलिप कुमार शर्मा, विराटनगर १२ का ४६ वर्षिय फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका ७ का ३५ वर्षिय गोपाल मगर, खोटाङ हलेसी नगरपालिका ९ का ३२ वर्षिय किरन राई, धनपालथान ७ का ४४ वर्षिय लक्ष्मण शर्मा रहेका छन् । प्रहरीले उनीहरुलाई १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ ठूल्दाई होटलबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै गरि गोरखा गण्डकी गाउँपालिका ८ का ४५ वर्षिय जिवन गुरुङ्ग, मोहोत्तरीमङ्हा नगरपालिका ६ का ४२ वर्षिय अब्दुल गनी खान, मोहोत्तरी बर्दिबास नगरपालिका १२ का ३० वर्षिय चन्दनकुमार महतो, ग्रामथान गाउँपालिका ३ का ५५ वर्षिय रविन्द्र गच्छदार, मकवानपुर बागमती गाउँपालिका ५ को दिपकबहादुर भ्लोन, ४९ वर्षीय उमेशप्रसाद यादव, सिन्धुली कमलामाई नगरपालिका ५ का २८ वर्षीय श्याम घिमिरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई मंगलबार विराटनगर महानगरपालिका ३ स्थित दुधफारमबाट विशेष सुचनाको आधारमा ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको एसपी कोइरालाले बताए ।

काठमाण्डौंबाट विराटनगरमा आएर युरेनिय भारतीय नागरिकलाई विक्री वितरण हुदै गरेको सूचना पाएपछि मोरङ प्रहरीले हुलिया बदलेर सादा पोसाकका प्रहरी ‘युरेनियम’ किन्न ग्राहक बनेर पुगे । सूचनामा उल्लेख गरिए अनुसार खोजी गर्दै जाँदा प्रहरी युरेनियम राख्ने र बिक्रीको योजना बनाउने काठमाण्डौबाट आएका गोपाल मगर, किरन राई र श्याम घिमिरेको पहुँचमा पुग्यो ।

त्यही क्रममा प्रहरीले उनीहरुलाई ग¥यो र युरेनियम जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको हो । उनीहरुको साथबाट बरामद भएको वस्तु परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा पढाउने तयारी गरेको प्रहरी उपरीक्षक कोइरालाले भने, ‘पक्राउ परेकाहरु भरिया हुन्, नाइकेको खोजी हुँदैछ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर