२०६२ सालमा स्थापित एक्सेल बैंकको उक्त शाखाले निक्षेप योजना मार्फत ग्राहकहरुको रकम जम्मा गर्नुका साथै आवश्यकता अनुसार आवास, सवारी साधन, व्यक्तिगत र व्यापारिक लगायतका विभिन्न किसिमका कर्जा सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकले मोबाईल र इन्टरनेट बैकिङ्ग सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।
करिब १० अर्ब ५८ करोड लगानी कर्जा रहेको बैंकको निक्षेप संकलन भने११अर्ब२७करोड रहेको जनाईएको छ । झापाको बिर्तामोड केन्द्रिय कार्यालय रहेको बैंकको प्रदेशभरि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथरमा गरी कुल ४३ शाखा सञ्चालनमा छन् । मोरङमा मात्रै बैंकको ८ वटा शाखा सञ्चालनमा छ भने महिनादिन भित्रमै पथरीमा नयाँ शाखा सञ्चालनमा आउने भएको छ ।
तपाईको प्रतिक्रिया