खबर पूर्वाञ्चल
सुनसरीमा ४ सय ४९, मोरङमा ३ सय ३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र ते¥हथुममा २/२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३ सय ६५ जनामा संक्रमण देखिएको संक्रमण पुष्टि भएकामा १ सय ६५ महिला र २ सय पुरुष रहेका छन् । सुनसरीकै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहवीमा ३/३, गढी, हरिनगर र बर्जुमा १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यता मोरङको विराटनगरमा २ सय ३२, सुन्दरहरैचामा २२, पथरीशनिश्चरेमा १७, बुढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४/४, उर्लाबारी र कानेपोखरीमा ३/३, लेटाङ, कटहरी र मिक्लाजुङमा २/२, सुनबर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको विर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४–४, दमक र हल्दीबारीमा ३/३, कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २–२, बा¥हदशी र गौरादहमा १/१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ । इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सुर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १/१, सोलुखुम्वुको सोलुदुधकुण्डमा ६, संखुवासभाको मकालु र सिलिचोङमा १/१, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १/१, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आउको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १ सय ४७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ३, होटल एशियाटिक आईसोलेसनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ८४ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ६ सय ८२ जनाको पीसीआर परीक्षण गरिउको छ । परीक्षण गरिएका मध्ये ३४८ महिला र ५ सय २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४८ हजार ८ सय ६४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।