AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विवशको ‘छचल्किएको आँसु’ विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०७८, शनिबार १८:३२
648
Shares
विराटनगर/ युवा साहित्यकार विनोद विवशको ‘छचल्किएको आँसु’ मुक्तकसङ्ग्रहको विमोचन गरिएको छ ।

झोराहाट नाट्य समूहले आज मोरङको झोराहाटमा आयोजना गरेको कार्यक्रममा प्राज्ञ पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, छन्द बाटिका विराटनगरका अध्यक्ष हरि कट्टेल, नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल, मुक्तक प्रतिष्ठान प्रदेश–१ का अध्यक्ष बाबुराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति साहित्य प्रतिष्ठानकी प्रमुख संरक्षक सरला चापागाईं, आयोजक संस्थाका अध्यक्ष भरत गुरागाईं, खोटा सामाजिक सेवा मञ्चको साहित्यिक शृंखलाका संयोजक रोहिणी रसिक, झोराहाट नाट्य समूहका छत्र काफ्लेलगायतले संयुक्त रुपमा मुक्तकसंग्रहको विमोचन गरेका थिए ।

विमोचित कृतिका बारेमा वरिष्ठ समालोचक प्राध्यापक भूषण ढुंगेलले समीक्षा प्रस्तुत गरे । ढुंगेलले ‘छचल्किएको आँसु’ मुक्तकसङ्ग्रहले जस्तोसुकै व्यक्तिको पनि मन पगाल्ने बताए । उनले रोजगारीको खोजीमा विदेश पलायन हुने युवाका पीडादेखि मुलुकभित्रको राजनैतिक विकृति र विसंगतिलाई सशक्त रुपमा सङ्ग्रहमा उठान गरिएको उल्लेख गरे । “यो सङ्ग्रमा कमीकमजोरी छँदै छैन भन्न खोजिएको होइन,” समालोचक ढुंगेलले भने, “तर, नेपाली मुक्तक साहित्यका लागि यो महत्वपूर्ण कृतिका रुपमा आएको छ ।” कवि मञ्जुश्री गिरी, प्रिन्स प्रमोदकुमार ढकाल, लक्ष्मी रायमाझी, शिवनारायण पण्डित, लक्ष्मीनारायण जोशीलगायतले विमोचित कृतिभित्रका मुक्तक वाचन गरे ।

त्यस्तै सोही अवसरमा साहित्यकार टीका चापागाईं, रामबाबु दाहाल, राधा सुवेदी, स्वीकृति रेग्मी, जमुना पौडेल, रोमु अधिकारी, डम्बरुवल्लभ भण्डारी, नेत्र खतिवडा, भवानीप्रसाद पोखरेल, भीम कोइराला, शारदा कार्की, तारा पराजुली, शकुन्तला मञ्जरी, भवानी ढुंगेल, मीना श्रेष्ठ ‘सवि’, मातृका संग्रौलालगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले साहित्यले मान्छेका मन र मुटुलाई जोड्ने बताए । उनले विश्वका जुनसुकै कुनामा रहे पनि साहित्यले जोड्ने विचार राखे । प्राज्ञ पोखरेलले भने, “राजनीतिले मान्छेका मन र मुटुलाई टुक््रयाउँछ तर साहित्यले टुक्रिएका मन र मुटुलाई जोड्छ ।

झोराहाट नाट्य समूहले चोइटिएका मनलाई साहित्यका माध्यमबाट जोड्ने काम गरिरहेको छ । छन्द बाटिका विराटनगरका अध्यक्ष हरि कट्टेल, कवि एवं पत्रकार मीनकुमार नवोदित, नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल, मुक्तक प्रतिष्ठान प्रदेश–१ का अध्यक्ष बाबुराम पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कोरोनाका कारण स्थगित झोराहाटमा साहित्य मासिक शृंखलालाई अब निरन्तरता दिने अध्यक्ष गुरागाईंले जानकारी दिए । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशित गरेको मुक्तकसङ्ग्रहभित्र ३ सय ३ वटा मुक्तक संग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर