RUMPUM
animated ellipse animated ellipse

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ जेष्ठ २०७९, शुक्रबार १९:०३
1.09k
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा आजदेखि विराटनगरमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

वर्षाका कारण शहीद रंगशालामा हिलो भएपछि विराटनगर–९ ठाकुरवाडीस्थित सरस्वती माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरे । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । उनले विद्यालयको पठनपाठनसँगै खेलकुदमा पनि लाग्न विद्यार्थीहरुलाई आग्रह समेत गरे । राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई महानगरले पुरस्कृत गर्नेसमेत उनले बताए ।

कार्यक्रममा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगरका माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिए । उनले तीनदिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने उनको भनाइ थियो ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम लमजमलगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा महानगरपालिकाभित्रका १३ विद्यालयका करिब ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर