RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ९ सहित प्रदेश १ मा थपिए ४२ कोरोना संक्रमित, ९९ जना डिस्चार्ज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ श्रावण २०७७, सोमबार १७:२६
18
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा ९ सहित प्रदेश १ मा आज थप ४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ ।

मोरङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका ८ पुरुष १ महिलासहित ९ , सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष, १ महिला, पथरीशनिश्चरेका १ पुरुष, सुनसरीको धरानका ७ पुरुष, २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुष, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा सिल गरिएको वडा नम्बर ९ गुद्री क्षेत्रमा ५जना थपिएका छन् । ४०, ४२, २६, १८ र २७ वर्षका उनीहरु सबै पुरुष हुन् । यो सँगै गुद्री क्षेत्र समेटिएको विराटनगर ९ मा संक्रमितको संख्या ४७ पुगेको छ । अन्य संक्रमित विराटनगर ३ का २२ वर्षीय एक महिला र ३१ वर्षीय एक पुरूष छन् । यस्तै विराटनगर ५ का ५७ वर्षीय पुरूष र विराटनगर ७ का १८ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ । विराटनगरमा आज ९ जना थपिएसँगै संक्रमितको संख्या विराटनगरमा २ सय ९१ पुगेको छ । मृत्युको संख्या चार छ । संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

प्रदेश १ बाट आज ९९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेहरुमा मोरंगका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बु र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर