पूर्वाञ्चल खबर

खेलसप्ताहमा महिला तथा पुरुष फुटबल, भलिबल, टेबल टेनिस, कवड्डीसहित पुरुष क्रिकेट, बाँस्केटबल तथा लामो तथा छोटो दुरीको दौड प्रतियोगिता जस्ता इभेन्ट्स हुने मोरङ अध्यक्ष अमित ढकालले जानकारी दिएका छन् । अध्यक्ष ढकालका अनुसार हिसानमा आबद्ध मोरङ जिल्लाका ३२ कलेजमा ११ र १२ कक्षा अध्ययनरत करिव १७ सय विद्यार्थी सहभागी गराईने छ ।
अध्यक्ष ढकालका अनुसार पुरुष फुटबलमा २२ वटा विद्यालय सहभागी हुनेछन् । फुटबलमा बेस्ट स्कोरर, किपर र प्लेयरका साथै २१ वटा प्लेयर अफ द म्याच दिइने भएको छ । त्यसैगरी १७ टिम सहभागी हुने भविबल खेलमा बेस्ट स्पाइकर, रेजर, ब्लकर, सर्भर र डिफेन्सरका साथै १६ वटा प्लेयर अफ द म्याच दिने योजना रहेको छ । क्रिकेटमा १३ टिम सहभागी हुनेछन् । जसमा उत्कुष्ट बलर, ब्याटर प्लेयर अफ द सिरिज सहित १२ वटा प्लेयर अफ त म्याच समेत दिइनेछ ।
खेलकुद विधातर्फ फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलालाई ट्रफी र प्रमाणपत्र, बास्केटबलमा प्रथमलाई, लामो तथा छोटो दुरीको दौडका साथै टेवल टेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौंथो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष ढकालले बताए ।
खेल विधामध्ये क्रिकेट विराटनगर १९ स्थित क्रिकेट रंगशालामा, फुटबल शहीद रंगशालामा, भविबल, कवड्डी, बास्केटबल डिपिएस स्कूलमा र टेवल टेनिस कवर्ड हलमा आयोजना हुनेछ । खेल अवधीभर आयोजकले ३० लाख खर्च हुने अनुमान गरेको छ ।
आज भएको फुटबल खेलमा विराटनगरको अर्किड कलेजलाई वेलबारीको शिक्षा सन्देश कलेजले पेनाल्टी सु्टआउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि खेलको निणर्य पेनाल्टी सु्टआउटबाट भएको हो । खेलको प्लेयर अफ म्याच वेलबारीका गोरकिपर प्रशान्त न्यौपाने भए ।