खबर पूर्वाञ्चल
गिरीले आज विराटनगरमा रहेको पूर्वाञ्चल बालश्रमका बालवालिकाहरुलाई स्टेशनरी र खेलकुदको सामाग्री वितरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तरगत रहेर बालश्रमका बालबाललिकाहरुलाई अध्ययनमा आवश्यक पर्ने स्टेशनरीको सामाग्री र छुटी भएपछि आश्रममा रमाइलोको लागि खेलकुदको सामाग्रीहरु प्रदान गरेको उनले बताए ।
चौकीदार गिरीले यसअिघ पनि मोरङ कारागारमा अक्सिजन सिलिण्डर सहयोग गरेको थिए । तेस्रो लहरको कोरोना संक्रमण बढन थालेपछि कारागारमा अक्सिजनको कमी हुन् नदिन उनले १० लिटरको दुई थान अक्सिजन सिलिण्डर बितरण गरेका थिए ।
मोरङ कारागारको चौकीदार भएर गिरी आएपछि सामाजिक कार्यहरु पनि गर्दै आएका छन् । उनले यसअघि विराटनगरमा रहेको विराटेश्वर वृद्धाश्रमका रहेका ज्येष्ठ नागरिकहरुलाई सहयोग पनि गरेका थिए ।