RUMPUM
animated ellipse animated ellipse

प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७९, शनिबार १३:३९
459
Shares
विराटनगर / प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । विराटनगरमा आयोजकले पत्रकार सम्मेनलको आयोजना गरेर प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन विराटनगरमा हुने जनाएको छ ।

प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन माघ २९ गतेप्रदेशको राजधानी विराटनगरमा हुने सम्मेलनका संयोजक संजयकुमार मण्डलले वताए । लघुवित्तको क्षेत्रमा विकास प्रवद्धनलगायत गरिव वर्ग पनि ऋण लगानी गर्न योग्य छ, भन्ने मान्यतालाई स्थापित गर्न सम्मेलनको मुख्य उदेश्य रहेको मण्डलले वताए ।

प्रदेश १ मा रहेका लघुवित्त संस्था र तीनवटा सहकारी संस्थाहरु आयोजक समितिमा रहेको छ, भने राष्ट्र सहकारी बैंक, राष्ट्र बैंकसंग सहकार्य गरेको उनले जानकारी गराए ।

लघुवित्त संस्थाले अहिलेसम्म उक्त सेवा अन्र्तरगत ४ खर्ब, ५७ अर्ब १८ करोड, ६३ लाख ३६ हजार एक सय ८० रुपैयाँ कर्जा लगानी गरिसकेको उनले बताए । प्रदेश १ भित्र रहेका लघुवित्त संस्थाहरुले १ खरब, ६४ अरब, १९ करोड, ६० लाख ६५ हजार ६ सय रुपैयाँ बचत परिचालन रहेको आयोजकले जनाएको छ ।

सम्मेलनले लघुवित्त संस्थामा आवद्ध सदस्यहरुको स्तरउन्नती गर्ने खालको योजना तयगर्ने उनले जनाए । महिला तथा जेष्ठनागरीक मन्त्री भगवती चौधरीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक मण्डलले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर