animated ellipse animated ellipse

विकल्पले निमार्ण गरेको छोटो चलचित्र ‘ सकस’ को प्रिमियर शो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ पुष २०८०, आईतवार १८:११
216
Shares
विराटनगर / विकल्प एन अल्टरनेटिभले निर्माण गरेको छोटो चलचित्र ‘ सकस ‘ को प्रिमियर शो सम्पन्न भएको छ।

शनिबार विराटनगरको सिटि सिनेमामा २ सय बढी दर्शकको उपस्थितिमा भएको प्रिमियर शोमा चलचित्रका कलाकारहरुदेखि लिएर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायत विभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा चलचित्रका कलाकार लगायत चलचित्र निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई समेत प्रमाण पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

डुगन ब्रिज्सको निर्देशनमा एट्लास नेटवर्कको सहयोगमा निर्मित चलचित्र ‘ सकस’ ले एउटा नागरिकले सवारी अनुमतिपत्र (लाइसेन्स) नहुँदा र विभिन्न कारणले बनाउन पाउँदा कतिसम्मको सास्ती भोग्नपर्छ भनेर चित्रण गर्न खोजिएको छ । लाइसेन्सको अभावमा एक व्यक्तिले सवारी चलाउन नपाउँदा उसको परिवारको जिविकोपार्जनमा कस्तो प्रभाव पार्दछ भनेर यस चलचित्रले देखाउन खोजेको छ ।

चलचित्रमा प्रवेश तिम्सिना, रश्मि उप्रेती , जीवन बस्नेत , सुदिपजंग कार्की , भारत कार्की , अस्मिना भट्ट कर्ण , निरज ब्ल्याक र उद्धव सापकोटा लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर