animated ellipse animated ellipse

पर्यटनलाई समृद्धिको मुख्य आधार बनाई प्रचारप्रसार गर्नुपर्छ– मन्त्री मगर 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ जेष्ठ २०८१, मंगलवार १९:३७
63
Shares
विराटनगर/ सञ्चारक्षेत्रले पर्यटनलाई समृद्धि मुख्य आधार बनाई प्रसार प्रसार गर्नुपर्ने कोशी प्रदेशका विना विभागियमन्त्री रामबहादुर मगरले ब्ताएका छन् ।
प्रेस चौतारी नेपाल प्रदेश कमिटीद्वारा आज विराटनगरमा आयोजित पर्यटन पत्रकारिता र फाटोग्राफि सम्बन्धि दुई दिने तालीमको उद्घाटन गर्दै संचारकर्मीहरुले प्रदेशका विभिन्न भुगोलमा लगाइने कृषिवाली एवं दुर्गम क्षेत्रका रहेका पर्यटकीय स्थललाई आकर्षण केन्द्रको गन्तव्य बनाइ स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिए ।
मन्त्री मगरले विदेशी पर्यटकहरुलाई  दुर्गम तथा सुमग क्षेत्रको भ्रमणको क्रममा हुने दुव्र्यवहार नियन्त्रण गर्न  आवश्यक सुरक्षाको अनुभूति गराउन सम्वन्धित निकायको ध्यानाकर्षण गराए ।
पूर्वमन्त्री लक्ष्मण तिवारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले सूचना प्रविधिको प्रयोग गरी पर्यटकीय क्षेत्रको विस्तारमा सहयोग पु¥याउन तथा मुलुकको आर्थिक रुपान्तरण योगदान गर्नुपर्ने बताए ।
चौतारीका प्रदेश अध्यक्ष अविजाल विष्ट,प्रदेश इन्चार्ज विक्रम लुईटेल, नेपाल प्रेस यूनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित श्रेष्ठ, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोखरेल, रोहित लुईटेल र  निलिफा सुव्वाले मुलुकको विदेश मुद्राको मुख्य आयस्रोतका रुपमा रहेको पर्यटनलाई प्राथमिकतामा राखि पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा सरकारले बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।
तालीममा यज्ञ शर्माले पर्यटन पत्रकारिता ः अवधारणा, अभ्यास र सम्भावना, विशप ताम्राकारले फोटोग्राफि र लिलाराज भट्टराईले कृत्रिम वौद्धिकता( एआई)का विषयमा कार्यपत्र प्रस्तुत गरे ।
सोही अवसरमा झुलाघाट देखि चिवाभन्जाङसम्मको नेकपा एमालेको समृद्धि यात्रा तथा इलाम उप निर्वाचनमा सहयोग पु¥याउने सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो ।
तालीममा प्रदेशका १० जिल्लाका एक सय सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर