खबर पूर्वाञ्चल
प्रदेश योजना आयोगद्वारा आयोजित ‘प्रदेश विकास परिषद्’ बैठकको आज विराटनगरमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रदेशको पहिलो पञ्चवर्षीय योजना अवधि सकिन लागेको र दोस्रो आवधिक योजना बनाउन पर्ने आवश्यकताले यो बैठकमा आएका निस्कर्षले योजना बनाउन सरल हुने भन्दै मुख्यमन्त्री कार्कीले आजको छलफलमा उठेका मुलभूत विषय नयाँ बजेटमा समावेश गर्नु पर्ने जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले मानव संसाधनको कमी र स्थानीय स्रोत एवं साधनको उच्चतम प्रयोग गरी प्रदेशमा धेरै महत्वपूर्ण कार्य सफल भएको भन्दै सम्भाव्यताका स्रोतहरुको खोजी गरी सरकार निर्यात बढाउने र आयातलाई घटाउने योजनामा रहेको स्पष्ट पारे ।
मुख्यमन्त्री कार्कीले सप्तकोशीको निधारमा रहेको महाकुम्भ क्षेत्रलाई समुचित विकास गरी धार्मिक पर्यटकहरु भित्र्याउन सकिने भन्दै राष्ट्रिय पूँजीको विकास नगरी देशको विकास नहुने कुरामा जोड दिए । सरकार जलवायु परिवर्तनका कारणले हुने प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न सरकार योजना बनाउने भन्दै मुख्यमन्त्री कार्कीले दिगो विकासको राष्ट्रिय लक्ष्यमा प्रदेश सरकार पनि सामिल रहेका बताए ।
तपाईको प्रतिक्रिया