खबर पूर्वाञ्चल
लायन्स क्बल अफ इन्टरनेश्नल डिस्ट्रिक ३२५ ए–वानका पूर्व डिस्टिक गर्भनर लिला ढुङ्गगेल, लायन्स क्बल अफ विराटनगर सिटीका अध्यक्ष घनश्याम पोखरेल, क्लबका उपाध्यक्ष रमेश कार्कीले संयुक्त रूपमा स्कूलका शिक्षक विनोद सुब्बा र स्कूलका भूतपूर्व विद्यार्थी संघका अध्यक्ष खगेन्द्र बराईलीलाई स्टेशनरी सामाग्री हस्तान्तरण गरेका हुन् । क्बलले स्कूललाई २ सय थान कपी र प्यानसिल, क्यारेमबोर्ड, लुडो, चेस, फुटबललगायतको विभिन्न समाग्री प्रदान गरेको हो । २०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको गुणस्तर सुधार र भौतिक पूर्वाधार स्तरउन्नी गर्न भूतपुर्व विद्यार्थीहरू लागि परेपछि अहिले सहयोग जुटन थालेको छ ।
विभिन्न र जेहन्दार विद्यार्थीहरू अध्ययन गर्ने सरस्वती स्कूलका विद्यार्थीहरूलाई सामाजिक कार्य अनुरूपमा स्टेशनरी र खेलकुदको सामाग्री वितरण गरिएको अध्यक्ष पोखरेलले बताए । उनले आफ्नो कार्यकालमा यसरीनै सामाजिक कार्य गर्दै अगाडी बढेको बताए । यस अघि पनि यो क्बलले थुप्रै सामाजिक कार्यक्रमहरू गर्दै आएको छ । ग्रामिण बस्तीदेखि सहरसम्म सामाजिक कार्यहरू गर्दै आएको हो । सामाजिक कार्यमा अगाडी बढेकोले लकडाउनको समयमा पनि सामाजिक कामलाई निरन्तरता दिएको क्बलका अध्यक्ष पोखरेलको भनाई छ ।