खबर पूर्वाञ्चल
यस शैक्षिक सत्रका लागि भएको विभिन्न निर्वाचनबाट विभिन्न तहका विद्यार्थी नेताहरुलाई आज विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले सपथग्रहण गराएका हुन्।
कार्यक्रममा प्राथमिक तह, मध्यम तह, माध्यामिक तहका गरि विभिन्न पदमा २३६ जना विद्यार्थी नेता निर्वाचित भएका थिए । विद्यालयकी अतिरिक्त कृयाकलाप ईञ्चार्ज सुधा डंगोलका अनुसार आधारभुत र माध्यामिक तहबाट दुई जना प्रिफेक्ट र दुई जना डिपुटी प्रिफेक्ट निर्वाचित हुनुभएको थियो । यस्तै प्राथमिक, मध्यम र माध्यामिक तहबाट चार हाउसका क्याप्टेन तथा भाइस क्याप्टेन छानिएका छन् भने ५१ वटा कक्षाका लागि ५१ जना मनिटर र ५१ जना नै भाईस मनिटर चयन भएका छन् । यस्तै अतिरिक्त कृयाकलाप तर्फ फुटबल, बास्केटबल, पौडी, टेबल टेनिस, ताईक्वान्दो,, स्काउट, नृत्य, संगीत र फाइन आर्टका कप्तान र सहायक कप्तान चयन भई सपथ ग्रहण गरेका छन् । यस्तै कोर्ष सम्बन्धित कृयाकलापका प्राथमिक, मध्यम र माध्यामिक तहका गरि २२ वटा विधामा क्याप्ेटन र भाईस क्याप्टेन गरि ४४ पदमा नेताहरु चयन भई सपथ गरेका हुन् ।
सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल पुरीले निर्वाचित हुने नेतृत्वले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न शुभकामना दिए। नव निर्वाचिन माध्यामिक तहका प्रमुख ९प्रिफेक्ट० प्रेम खतिवडाले आफ्नो जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने प्रयत्न गर्ने भन्दै विश्वको आवश्यकताका रुपमा रहेको अंग्रेजी भाषाको लागि उपयुक्त वातावरण तयार गर्ने बताए।
यस्तै आधारभूत तहकी प्रिफेक्ट अविज्ञा घिमिरेले आफ्नो तर्फबाट उच्च तहको भूमिका निर्वाह गर्ने बताइन् ।
कार्यक्रममा नव निर्वाचित विद्यार्थी नेतृत्वहरुलाई फुलको गुच्छा, खादा र अबिरले स्वागत गर्दै आ–आफ्नो तह अनुसारको ब्याचले सुशोभित गराइएको थियो ।
तपाईको प्रतिक्रिया