animated ellipse animated ellipse

कलेज अफ लमा कानूनमा स्नातकोत्तर तहको अध्यापन शुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०८१, शनिबार १८:४४
486
Shares
विराटनगर/पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले कानूनमा स्नातकोत्तर तहको अध्यापन शुरू गरेको छ ।

स्नातकोत्तर तहमा अध्ययनका लागि ७७ जनाले प्रवेश परीक्षा दिएका छन् । क्याम्पसले ५० जनालाई भर्ना गरी अध्यापन गर्ने निर्देश्क महेशप्रसाद निरौलाले जानकारी दिए । दुई वर्षे स्नातकोत्तर तहको कार्यक्रम सञ्चालका लागि धेरै अघिदेखि विद्यार्थीहरूबाट माग हुँदै आएपनि विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि अध्यापन शुरु गर्ने निर्णय गरेको हो ।

आंगिक क्याम्पसमा कानूनमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन नहुँदा विद्यार्थीहरु महङ्गो शुल्क तिरेर नीजिमा पढ्न बाध्य थिए । आंगिक क्याम्पसले नै स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीले कम शुल्कमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर आएको निर्देशक निरौलाले बताए । कानूनमा स्नातकोत्तर तहको अध्यापन साँझमा हुने भएकोले कानून व्यवसायी र विभिन्न कार्यालयमा कामगर्ने कर्मचारी लाभान्वीत हुने निर्देश्क निरौलाको भनाइ छ ।

कलेज अफ लले स्नातक तहको पाँच वर्षे बीए एलएलबी र तीन वर्षे एलएलबी कार्यक्रम सञ्चालन गर्दै आएको थियो । पाँच वर्षे बीए एलएलबी दिउँसो र तीन वर्षे एलएलबी कार्यक्रम साँझमा अध्यापन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर