RUMPUM
animated ellipse animated ellipse

क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अव विर्तामोड र दमकमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०७७, बिहीबार १८:५३
333
Shares
विराटनगर / नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १ सय २ र १ सय ३ औंं आउटलेट प्रदेश १ को झापा का प्रमुख वजारहरु विर्तामोड र दमकमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले प्रदेश १ का आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्ना नयाँ आउटलेटहरु प्रमुख शहरहरुमा सञ्चालनमा ल्याएको हो ।नयाँ आउटलेटहरु क्लासिक टेकले विर्तामोडको धन सुर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मंगलदिप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको छ ।

क्लासिक टेकका प्रमुख सल्स एण्ड मार्केटिंग अफिसर विनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरे । सञ्चालनमा ल्याएको नयाँ आउटलेटहरुबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँहरुमा आफ्नो नेटवर्क र सेवा विस्तार गर्ने योजना लिएको छ । यी आउटलेटहरुबाट तिब्ररुपमा ग्राहकहरुलाई सेवा उपलब्ध गराउनका लागि ४५ जना कर्मचारीहरु कस्टमर सपोर्ट, फाइबर स्टाफ, बिलिंग र मार्केटिंगका लागि राखिएको छ ।

यसअघि देखि नै क्लासिक टेकले विर्तामोड र दमक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ । घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ ।कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीहरुको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर