AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरका प्रमुख पराजुलीले १७ वर्षदेखि निरनतर गरेको दण्डप्रणाम टुट्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०७७, बिहीबार १८:५८
6.1k
Shares
फाइल तस्वीर
विराटनगर / विराटनगर महानगरका प्रमुख भीम पराजुली १७ वर्षदेखि निरनतर गरेको दण्डप्रणाम टुटेको छ ।

प्रमुख पराजुलीले छठको पूजा गर्न थालेको १७ वर्ष भयो । हरेक वर्ष घरबाट घाटसम्म दण्डप्रणाम गर्ने उनले यस वर्ष घरबाटै छठको पूजा गर्ने तयारी गरे पछि १७ वर्षदेखि निरनतर गरेको दण्डप्रणाम टुटेको हो ।

१७ वर्षदेखि निरन्तर दण्डप्रणाम गर्दै घाटमा पुग्ने गरेका उनले यस वर्ष घरबाट छठ पूजा गर्ने भएपछि घाट जाने कार्यक्रम स्थगित गरिएको बताए । कोरोना संक्रमणका कारण घरबाट पूजा गर्ने प्रमुख पराजुलीले बताए । उनले नगरबवासीलाई पनि घरबाटै पूजा गर्न आग्रह पनि गरे । गत वर्षदेखि दण्डप्रणाममा उनकी श्रीमती रन्जिताले समेत प्रमुख पराजुलीलाई साथ दिएकी थिइन् ।

विराटनगर–५ की राधा मण्डलले छठको पूजा गर्न थालेको वर्षाैं भयो । हरेक वर्ष उल्लासका साथ छठ मनाउने गरेकी मण्डलले यस वर्ष घरको छतमा पूजाको तयारी गरिरहेकी छिन्। मण्डलले ७ वर्षदेखि निरन्तर ब्रत बस्दै आएको बताइन् ।

नहरमा गएर पूजा गर्ने अवस्था नभएपछि छतमा पानी जमाएर अघ्र्य दिने उनले सुनाइन् । प्रशासनले नहरमा पूजाका लागि प्रतिबन्ध लगाए पनि बजारमा भीड भने घट्न नसकेको मण्डलको गुनासो छ । विराटनगर–४ का पप्पु राउतले छठ पूजा गर्न थालेको १२ वर्ष भयो । मजदुरी गर्दै आएका उनी मनोकांक्षा पूरा हुँदै गएपछि छठको व्रतलाई निरन्तरता दिएको बताउँछन् । हरेक वर्ष श्रीमती पुनमसँगै नहरमा पूजा गर्दै आएका उनले यसपालि भने आँगनमा छठको तयारी गरेका छन् ।

राउत भन्छन, ‘कोरोना संक्रमणका कारण प्रशासनले नहरमा पानी छाड्न निषेध गरेपछि घरमै पूजाको तयारी सुरु गरेँ।’ नहरमा पूजा गर्न नपाउँदा उल्लास भने नहुने उनले बताए । पूजाको निरन्तरताका लागि मात्र व्रत बसिएको राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर