animated ellipse animated ellipse

कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता : राष्ट्रपति भण्डारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०७७, शुक्रबार १८:०६
3
Shares
काठमाण्डौं / सरकारले आगामी आर्थिक २०७७–७८ को नीति तथा कार्यक्रम आज अपराह्न संघीय संसदमा प्रस्तुत गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । कोरोनाको संकटबीच सरकारले आर्थिक संकटबाट माथि उठ्ने रणनीतिसहित नीति तथा कार्यक्रम प्रस्तु गरेको हो । सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कसैको पनि ज्यान जाने अवस्था आउन नदिने बताएको छ ।

राष्ट्रपति भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढता पूर्वक लागेको बताइन् । उनले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता रहेको पनि पनि बताइन् ।

त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् । सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उनले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताइन् । त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तिब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

भौतिक दूरीसहित तर्जुमा गरिएको बैठक कक्षा सांसद सबैले मास्क लगाएर प्रवेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर