खबर पूर्वाञ्चल
नेपाल उद्योग परीसंघ कोशीले आज आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद र सरकारबाट अधिकार प्राप्तिकालागि समन्वय र संघर्ष गर्ने बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले उद्योगीव्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृतिमा परिवर्तन ल्याएमात्रै उद्योगीव्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने बताएका छन् । उनले उद्योगीव्वसायी छुट्टै नभई राज्यको नै अंगभएको स्विकारेर त्यही अनुसार राज्यले व्यवहार गर्नु अपरिहार्य रहेको बताएका हुन् ।
‘उद्योग, व्यवसाय क्षेत्रको संरक्षण र देशको समृद्धिका लागिदक्ष जनशक्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागिसकेको छ उनले भने, नेपाली जनताको आवश्यक्ता र अपरिहार्यता राष्ट्रपति ज्यूले बुझ्नुभएको छ । त्यसैले जनताको रगतले लेखिएको संविधानको सफल कार्यान्वयनमा चासो राखिदिनु होस् ।’
।