animated ellipse animated ellipse

आठौं संस्करणको विराट गोल्डकम चैत १५ गतेदेखि हुने , तीन विदेशीसहित दश टिमको सहभागि हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ चैत्र २०८०, मंगलवार १८:०५
216
Shares
विराटनगर/ आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट आयोजना हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन गोल्डकप हुने भएको हो ।

विराट गोल्ड कप फुटबल ट्रष्टले आज पत्रकार सम्मेलन गरि गोल्डकपको तयारी तिव्र भएको जानकारी गराएको छ । यस पटकको गोल्डकप ट्रस्ट आफैले गर्ने भएको छ । यसअघिका प्रतियोगिताहरू संयोजक तोकेर गर्ने गरेको थियो । प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजन गरि १० टिमको सहभागि हुने विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए ।

गोल्डकपमा भारत कोलकत्ताको साउथर्न समिति फुटबल क्लब, भारतको सिक्किमको सिक्किम ड्रागन फुटबल क्लब, भुटान थिम्फुको आर. टि.सी क्बल सहभागि हुँदैछ । नेपालका तीन विभागीय टिम नेपाल पुलिस, त्रिभूवन आर्मी, एपीएफ हुनेछ । यसैगरी यस वर्षको लिग बिजेता टिम चर्च व्याइज फुटबल क्लब, ‘ए’ डिभिजन टिमहरु मच्छिन्द्र, एनआरटी क्बलको सहभागि हुने भएको छ । यस वर्षको गोल्डकपमा २०७४ सालको बिजेता थ्रिस्टारको टिम सहभागि नहुने भएको छ । घरेलु टिम सांग्रीला मोरङले थ्रिस्टारका केही खेलाडी, मोरङका र विदेशी खेलाडी मैदान उतार्ने तयारी गरेको छ ।

सांग्रीला मोरङको टिमलाई विराटनगरका उद्योगी नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले लगानी गरेका छन् । गोल्डकप ट्रष्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशी घटाएको छ । बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको बिजतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । यो वर्ष बिजेतालाई ९ लाखा १५ हजार र उपबिजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी घटाएको हो । गत वर्ष आयोजकलाई ८५ लाख रुपैयाँ घाटा भएको थियो । ‘तेही कारणले गर्दा पनि यस वर्ष पुरस्कार राशी घटाउन बाध्य हुनु परेको हो,’ ट्रष्टका संयोजक शाहीले भने ।

उत्कृष्ट प्रशिक्षकलाई नगद २१ ह्जार, उत्कृष्ट गोलरक्षकलाई २१ ह्जार, सर्वाधिक गोलकर्तालाई २१ ह्जार दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ण खेलाडीलार्य मोटरसाइकल पुरस्कार दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर