कोशीमा सबै मिलेर जानुको विकल्प छैन : हिक्मत कार्की

खबर पूर्वाञ्चल, २२ भाद्र २०८०, शुक्रबार १२:२६
225
Shares
विराटनगर / एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अदालतले गठबन्धनले मिचेको संविधान र कानूनको संरक्षण गरेको बताएका छन् ।

सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएपछि उनले गठबन्धनले मिचेको संविधान र कानूनलाई सर्वोच्चले ठीक ठाउँमा ल्याएको प्रतिक्रिया दिए ।

उनले अब सबै दलसँग मिलेर सरकार सञ्चाचन गर्ने बताए । कोशी प्रदेशको अवस्था विशिष्ट भएको भन्दै उनले संघीय संरचनालाई कायम राख्न सहकार्य गर्न कांग्रेसलाई आग्रहसमेत गरे । कार्कीले भने, ‘अब मिलेर जानुको विकल्प छैन । सत्ता सहकार्यका लागि हामी सदैव खुला छौं । मिलेर अगाडि बढौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५