RUMPUM
animated ellipse animated ellipse

सीएमा मेरिल्याण्ड करिअरकी शालु बोर्ड फस्ट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०८०, मंगलवार १५:४८
315
Shares
विराटनगर / नेपाल चाटर्स एकाउन्टेन्सी संस्था (आईक्यान)ले हालै प्रकाशित चार्टर्स एकाउन्टेन्सी (सीए)को नतिजामा विराटनगरकी शालु अग्रवाल बोर्ड फस्ट (सर्वोत्कृष्ट) भएकी छिन् ।

विराटनगर स्थित मेरिल्याण्ड करिअर एकेडेमीमा विद्यार्थी गरेकी शालुले अन्तिम वर्ष ( क्याप ३) को परीक्षाको नतिजा आएस“गै उनी सर्वोत्कृष्ट (बोर्ड फस्ट) भएको जानकारी भएको हो ।

हालै आईक्यानले प्रकाशित गरेको नतिजामा ३७ जनाले सीए उत्तीर्ण गरेकोमा उनीहरु मध्ये शालुको प्राताङ्क सबैभन्दा बढी छ । आईक्यानको माघमा हुने वार्षिकोत्सवमा सीएमा सर्वाेत्कृष्ट हुनेलाई स्वर्ण पदकसहित सम्मान गर्ने छ ।

आईक्यानले सीएको तीन वटा क्यापमा पहिलोको नतिजास“गै उत्कृष्ट १० को नाम सार्वजनिक रुपमा प्रकाशन गर्दै आएको छ । दोस्रो र तेस्रोको नतिजामा उत्कृष्ट १० को नाम प्रकाशन नगर्ने गरेको आईक्यानका पूर्व सदस्य डा मोहन सुवेदीले जानकारी दिए ।

यसैक्रममा मेरिल्याण्ड करिअर एकेडमीले शालुलाई सम्मान गरेको छ । कार्यक्रममा एकेडेमीका अध्यक्ष डा. मोहन सुवेदी, सञ्चालकहरु प्राडा प्रमोदकुमार झा, प्राडा जीवनकुमार ढकाल, सीए अश्विनी बंशल, डा. मनोज गुप्ता, प्रदिप भगत, कुलमणि तिम्सिनालगायतले सर्वाेत्कृष्ट भएकी शालुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्राडा झाले शालु अग्रवाल नेपाल प्रथम भएकोमा बधाई दिंदै सीएलाई विश्वका सबै देशले उत्तिकै सम्मान गर्ने भएकोले विश्व नागरिक भएको बताए । डा सुवेदीले सीए अध्ययन गर्ने विद्यार्थीहरु धेरै भीडभाड हुने नभएको जनाउ“दै उनले मेरिल्याण्ड करिअर एकेडेमीमा दुई सयको हाराहारीमा मात्र सीए अध्ययनरत विद्यार्थी भएको बताए ।

काठमाडौं उपत्यका बाहिर विराटनगरले नै पहिलो पटक सीए अध्ययन सुरु गरेको र निरन्तर बोर्डको सूचीमा मात्र नभएर बोर्ड फस्ट नै ल्याउनुले कोशी प्रदेशकै गौरव बढेको महसुस भएको डा सुवेदीले बताए । एकेडेमीले एसीसीए अध्यापनका लागि स्वीकृति लिइ सकेकोले चा“डै सुरुवात गर्ने तयारी गरिरहेको उनले बताए ।

सो अवसरमा एफसीए अश्विनी बंशल, सीए सुरज तिम्सिना, सीए युवराज उप्रेती, सीए अस्मिता अधिकारी, एकेडेमीका सञ्चालक विनयविष्णु केसी, सर्वोत्कृष्ट विद्यार्थी शालु अग्रवाल, सीएका विद्यार्थी राहुल अग्रवाल लगायतले मन्तव्य राखेका थिए । एकेडेमीका कार्यक्रम संयोजक सीए किञ्जल पोखरेलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
एकेडेमीका विद्यार्थीद्वय युवराज उप्रेती र बैशाली ठाकुरलाई पनि सीए उत्तीर्ण गरेको भन्दै गत वर्ष पनि यसैगरी सम्मान गरिएको थियो ।

सो अवसरमा दशैं, तिहार र छठ पर्वको शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. धेरै धेरै धन्यवाद न्युज कभरेजकालागी

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

ताजा समाचार