खबर पूर्वाञ्चल
आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।
पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त घटनामा सङ्घीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान थालिएको छ । पूर्व नेपाल आर्मी खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जंगल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
करिब ४० देखि ४२ वर्ष उमेर रहेको प्रहरीले अनुमान गरेको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।