प्रदेश १ मा आज एकै दिन थपिए ११०४ जना संक्रमित, ३८२ जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, १४ श्रावण २०७८, बिहीबार १६:११

विराटनगर/प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ ।

१ हजार ७५३ जनाको पीसीआर परीक्षणगर्दा ६५२ र १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, मोरङमा १२३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, ते¥हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा १११, विर्तामोडमा ७३, अर्जुनधारा र कनकाईमा २३–२३, मेचीनगरमा २०, भद्रपुरमा १७, बुद्धशान्तिमा १४, शिवसताक्षीमा १२, कमल गाउँपालिकामा ४, बा¥हदशीमा ३, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल, हल्दिबारी र गौरादहमा १–१, सुनसरीको धरानमा ११८, इटहरीमा ४०, बराहक्षेत्र र इनरुवामा ५–५, रामधुनी र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ७, मोरङको विराटनगरमा ५५, केराबारीमा १८, उर्लाबारी र सुन्दरहरैचामा १३–१३, बेलबारीमा ८, पथरीशनिश्चरेमा ५, मिक्लाजुङ र ग्रामथानमा ३–३, रंगेली, लेटाङ, सुनबर्षी, रतुवामाई र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ ।

उता धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा २, महालक्ष्मी, छथर, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २ र देउमाईमा १, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, ते¥हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथरको फालेलुङ र ताप्लेजुङको मैवाखोलामा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७६ महिला र २०६ पुरुष संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुषको मृत्यु भएको  मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Mohan gadtaula लेख्नुहुन्छ

    Ghar mai basou surakxit rahou***

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५