प्रदेश १ मा निको भए ४६० संक्रमित, थपिए २७४ संक्रमित

खबर पूर्वाञ्चल, ५ असार २०७८, शनिबार १८:४६
774
Shares

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ ।

सोही अवधिमा प्रदेश १ मा २७४ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१, झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमलगाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई,अर्जुनधारा, बा¥हदशी र स्थानीयतहनखुलेका १–१, सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीयतहनखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीयतहनखुलेका १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीयतहनखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६७हजार ८७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २०६ रहेको छ । प्रदेश १ माआज ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५