खबर पूर्वाञ्चल
हिजो मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारमा सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराएपछि आज एमाले सरकारबाट बाहिरिएको हो ।
एमालेबाट मन्त्री भएका रामबहादुर रानाले आज विहान मसख्यमन्त्री कार्कीलाई राजीना बुझाएका छन् । मुख्यमन्त्री कार्कीले हिजो साँझमा माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुँदै एमालेले सरकार छाडेको हो ।
नैतिक हिसाबले मन्त्रिपरिषद्मा बसिरहन उचित नभएपछि मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका रानाले जानकारी दिए । उनले भने, ‘हाम्रो दलको चाहना विपरीत मुख्यमन्त्रीले अन्य दललाई सरकारमा सहभागी गराएपछि हामीले नैतिक हिसाबले त्यहाँ बसिरहन उपयुक्त नभएपछि राजीनामा दिएर सरकारबाट बाहिरियौँ ।’
कार्की नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । असोज २७ गते एमालेका ३९ र कांग्रेसमा विद्रोह गरेका शेखर कोइराला पक्षधर ८ सांसदले हस्ताक्षर गरेपछि उनी मुख्यमन्त्री बनेका थिए ।
गठबन्धन र पार्टीको निर्णय विरुद्ध विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री बनेपनि उनलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका थिए ।
मुख्यमन्त्री बनेपछि कार्कीले सहयोगी दल नेकपा एमालेबाट राना र आफूसँगै विद्रोह गरेका कांग्रेसका शमशेर राईलाई विना विभागीय मन्त्री बनाएका थिए ।