पूर्वाञ्चल खबर
मंसिर २२, २३ र २४ गते भक्तपुरमा भएको केन्द्रीय कार्यकारिणी बैठकमा भएका निर्णय तथा कार्यक्रमहरूका विषयमा जानकारी दिन आज विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परिषद्ले नवौँ अधिवेशन धनगढीमा हुने जनाएको हो ।
केन्द्रीय कार्यकारिणी बैठकले आगामी चैत्र १८, १९ र २० गते धनगढीमा देशैभरका १२ सय प्रतिनिधीहरूको उपस्थितिमा अधिवेशन गरिने निर्णय गरेको जनाइएको छ ।
यस्तै बैठकले शैक्षिक र समसामयीक विषयमा दुईवटा महत्वपूर्ण प्रस्तावहरू पारित भएका प्रदेश १ र मधेश प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।
यस्तै पौष १ र २ गते देवघाटमा संस्कसत विद्यार्थी सम्मेलन, पौष ३ गतेदेखि १० गतेसम्म देशभर बृहत सदस्यता अभियान संचालन गरिने बैठकमा निर्णय भएको उनले जानकारी दिए ।
फागुन ५ र ६ गते राष्ट्रिय शिक्षा कार्याशाला सम्पन्न गर्ने, देशका २५ स्थानमा जनजाति विद्यार्थी बैठक गर्ने, प्रदेश स्तरमा माघ महिनाभित्र नगर सचिव बैठक गर्ने, अर्को केन्द्रीय कार्यकारिणी बैठक जनकपुरमा गर्ने बैठकमा निर्णय भएको उनले जानकारी दिए ।
यस्तै विभिन्न समयमा विद्यार्थीहरूका लागि रचनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गर्ने साथै माघमा काठमाडौंमा राष्ट्रिय मिडिया कार्याशाला गर्ने लगायतका निर्णय भएका उनले जानकारी दिए ।