खबर पूर्वाञ्चल
संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७६ जना डिस्चार्ज भएका छन् । साउनमा ६ दिनबाहेक दैनिक संक्रमण देखिएको छ । साउन १ देखि ७ गते सम्म विराटनगरमा ६ जना संक्रमित थिए । साउन ८ देखि १४ सम्म ५७ जना, १५ देखि २१ गतेसम्म ७४ जना, २२ गतेदेखि २८ गतेसम्म १ सय ८६ जना र २९ देखि ३२ गतेसम्म चार दिनमा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो ४ दिनमा संक्रमितको संख्या अत्यधिक वृद्धि भएको छ । साउनभरिमा मात्र विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या पाँच सय ४२ पुगेको छ । आज विराटनगरमा ८६ जनामा संक्रमण देखिएको छ । यो अहिले सम्मकै उच्च हो । असार मसान्तसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या २९ थियो । विराटनगरमा कोरोना संक्रमणबाट एक महिलासहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ९ का २ जना, वडा नंं. ३, ५, १० र १५ का १–१ जना छन् ।