खबर पूर्वाञ्चल
विराटनगर किंग्सका खेलाडी सन्दिप लामिछानेले आज जर्सि सार्वजनिक गरेका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एनपीएलमा विराटनगर किंग्सले सफलता पाउने बताए । खेलाडीको मनोवल बढाउन प्रदेश सरकार लागि पर्ने बताए । खेलाडीको मनोवल बढाउन प्रदेश सरकारले खेलाडीको उच्च सम्मान गर्दै खेलकुदको विकास गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै सन्दिपले खेलप्रति दर्शकको माया र साथले ट्रफि जितेर ल्याउने बताए । कोशि प्रदेशको प्रतिनिधित्व गर्दै सबैको सफलताले हामी अगाडि बढने बताए ।
विराटनकगर किंग्सका मालिक पारस लुनियाले क्रिकेट क्षेत्को बिकास सबै लाग्नुपर्ने बताए । ञखेल पनि उद्योग हो । जति लगानी गर्यो तेसै गरि अगाडि बढ्यौं त्यसको बिकास हुदै जाने हो,ञ उनले भने । एनपिएल देशको सम्पत्ति भएकोले यसलाई संरक्षण गरेर लैजानु पर्ने बताए । खेलाडीलाई पेनसल सुविधा राज्यले दिनुपर्ने बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले एनपिएलमा उच्च मनबोललको साथ खेलेर राम्रो नतिजा ल्याउने विश्वास गरेको बताए । तीन तहको सरकारले खेलकुद क्षेत्रको विकाशमा ध्यान दिनुपर्ने बताए ।
जर्सी अनावरन कार्यक्रममा विराटनगर किंग्सका खेलाडीहरु लोकेस चन्द, दिपक बोहोरा, सुवास भण्डारी, बिनोद गुरुङ, प्रतिस जिशीलगायतका खेलाडीको उपस्थित रहेको थियो। सोहि अवसरमा क्रिकेटका प्रशिक्षक महेशप्रसाद रिजाललाई सम्मान गरिएको छ ।
तपाईको प्रतिक्रिया