AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सिग्देल युवा पत्रकारिता पुरस्कार अधिकारीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०८०, सोमबार १६:१८
144
Shares
विराटनगर / प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार पत्रकार रञ्जना अधिकारीलाई प्रदान गरिएको छ ।

स्थापना दिवसको अवसरमा वितरण गर्ने गरि प्रेस चौतारी मोरङले स्थापना गरेको पत्रकारिता पुरस्कार मोरङ इटहराको सुनाखरी एफएममा कार्यरत अधिकारीलाई प्रदान गरिएको हो ।

पुरस्कारको राशी १५ हजार रहेको छ । पत्रकार अधिकारीलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुरस्कार वितरण गरे । पुरस्कार वितरण गर्दै नेता गौतमले देश गठबन्धनको बन्दी बनिरहेको आरोप लगाए । गठबन्धनका कारण देश अस्तव्यस्त र उकुसमुकुस भएको उनले बताए । सरकारले सुशासनका नाममा विभिन्न खाले सम्झौता गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुईटेल, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, पूर्व केन्द्रीय सदस्य विनोद ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारबाट यसअघि भक्त राई, शान्ति दाहाल, इन्दिरा भट्टराई, मिलन के राउत, कमल रिमाल, किशोर बुढाथोकी, सुमन सुस्केरा, नेत्र पी अधिकारी, घनश्याम भण्डारी, दिनेश सुब्बा पुरस्कृत भई सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर