AArya
RUMPUM
animated ellipse animated ellipse

प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ जेष्ठ २०८३, बुधबार १७:२०
3
Shares
विराटनगर / अर्पण स्कुलको आयोजनामा यहि जेष्ठ ३० गते प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने भएको छ ।

अर्पण स्कुल विराटनगर ४ को आयोजनामा प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने भएको हो ।

टुर्नामेन्टमा मोरङ जिल्ला भरिका १२ विद्यालयहरुको सहभागिता रहने भएको छ । जस अन्तर्गत कक्षा सातसम्मका विद्यार्थीहरु विच मात्र प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । एक दिने टुर्नामेन्टमा विजेताले १३ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप विजेताले ८ हजार नगद ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । साथै म्यान अफ र म्याच हुने खेलाडीलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

विद्यार्थीहरुमा खेल प्रतिभा उजागर गर्न टुर्नामेन्टको आयोजना गरिएको प्रिन्सिपल सुवास विष्टले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर