RUMPUM
animated ellipse animated ellipse

राष्ट्र निर्माण गर्ने साझा सवालमा दलवीच सहमती जरुरी हुनु पर्छ– सभामुख घिमिरे 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०८०, बिहीबार १९:०५
126
Shares
विराटनगर/ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले देशको अर्थतन्त्र सुदृढ र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरुले सहमतीका साथ अगाडि वढ्नु पर्ने बताएका छन् ।
सभामुख घिमिरले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै सो कुरा बताएका हुन् । उनले राष्ट्र निर्माण गर्ने साझा सवालमा दलवीच सहमती जरुरी हुन्छ र त्यो ढङ्गले योजना निर्माण  गरि कार्यान्वयन हुनु पर्ने बताए ।
सभामुख घिमिरेले व्यवस्थाप्रति वितृष्णा जगाउने  खेल्ने कोशिसहरुलाई सामना गर्नका लागि राजनीतिक दल एवं सम्पूर्ण नागरिकहरुले एकतावद्ध भएर अर्थतन्त्र निर्माण गर्ने,आर्थिक समृद्धि हासिल गर्ने र वृतिष्णालाई हल गर्दै जानु पर्ने सुझाव दिए ।
‘संसदले मुलुकको अर्थतन्त्र चलामान बनाउन आफ्नो कार्यविधि अन्तर्गत आर्थिक गतिविधिको सर्वेक्षण गर्ने, कस्ता योजना बनाउने जस्ता कुरा गर्दै उनले भने ।’ सभामुख घिमिरेले विगत एक वर्षको संसदको अनुभवको आधारमा संसदलाई गतिशिल बनाएर लग्ने बताउँदै विजनेशहरु संसदको  समितिमा छलफलमा टुङ्गीए पछि सदनमा आउने  बताए ।
सभामुख घिमिरेले सरकारले यस वर्ष ६१ बटा विधेयक दिने तयारी गरेको सुनिएका छ भन्दै ती आएसँग छलफल भइरहने हुनाले संसदलाई विजनेशको खाँचो नहुने प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर